Category: समाचार
-
मुस्ताङका बगैँचामा फलेका स्याउ
म्याग्दी । गत वर्षको तुलनामा यो वर्ष मुस्ताङका स्याउ बगैँचामा लटरम्म स्याउ फलेका छन् । अनुकूल मौसम, व्यावसायिक रूपमा बगैँचा व्यवस्थापनलगायत कारणले उत्पादन बढेको जोमसोमस्थित कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत निशान मगरले बताए । ‘क्षेत्रफल विस्तारका साथै अघिल्लो वर्षका तुलनामा यो वर्ष धेरै दाना लागेकाले उत्पादन बढ्ने अनुमान गरेका हौँ,’ उनले भने ‘क्रप कटिङको…
-
धनगढी उपमहानगरले दियो बुधबार तीजको बिदा
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ । कैलाली र कञ्चनपुर जिल्लामा बसोबास रहेको आदिवासी रानाथारु जातिका महिलाहरूले मनाइने तीज पर्वको अवसरमा धनगढी उपमहानगरले सार्वजनिक बिदा दिएको हो । उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र बहादुर खातीद्वारा जारी सूचना अनुसार बुधबार सार्वजनिक बिदा दिइएको हो ।
-
आज मन्त्रिपरिषदको बैठक बस्दै
काठमाडौं । मन्त्रिपरिषदको बैठक बस्दैछ। बैठक दिउँसो ५ बजेका लागि बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। हरेक सोमबार बैठक बस्ने भएपनि हिजो प्रधानमन्त्री काठमाडौं-तराई द्रुतमार्ग निरीक्षणको क्रममा मकवानपुर गएकोले बैठक आजका लागि सारिएको सचिवालयको भनाइ छ।
-
घट्यो सुनको मुल्य
काठमाडौं । सोमबार कीर्तिमान कायम गरेको सुनको मूल्य आज तोलामा रु दुई हजार तीन सयले घटेको छ। सोमबार प्रतितोला रु एक लाख ५० हजार कायम भई सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। नेपाल सुनचाँदी व्यवसायीमहासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला रु एक लाख ४७ हजार सात सय निर्धारण भएको छ। तेजाबी सुन प्रतितोला रु एक लाख ४७ हजार कायम भएको छ। सोमबार तेजाबी सुन प्रतितोला रु एक लाख ४९ हजार पाँच सयमाकारोबार भएको थियो।
-
खराब मौसमका कारण हवाई उडान प्रभावित
काठमाडौँ । अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित बन्न पुगेको छ । बाक्लो पानी र हुस्सुका कारण विमानस्थलको भिजिबिलिटी कम हुँदा जहाज उडान तथा अवतरणमा समस्या आएको हो । खराब मौसमकै कारण केही जहाज अवतरण गर्न नसकेर आकाशमा नै होल्ड भएका छन् भने केही डाइभर्ट समेत भएको उनले जानकारी दिए । यताबाट बिहानै उडान…
-
हसिनाको १५ वर्षे सत्ता क्षणभरमै समाप्त
काठमाडौं । विगत एक महिनादेखि बंगलादेशमा जारी आरक्षण विरोधी आन्दोलन सोमबार उत्कर्षमा पुगेको छ। आन्दोलनरत विद्यार्थी एवं युवा जमातको क्रोधले प्रधानमन्त्री शेख हसिनाको १५ वर्षे शासन सत्ता समाप्त पारिदिएको हो। ७६ वर्षीया हसिनाले सन् २००९ देखि बंगलादेशमा शासन सुरु गरेकी हुन्। १७ करोड बढी जनसंख्या रहेको यो दक्षिण एसियाली मुलुकमा उनको राजीनामाको माग गर्दै भएको…
-
आगामी २४ घण्टामा देशका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आगामी २४ घण्टामा देशका केही ठाउँमा अति भारी र धेरै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई ठाउँमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार प्राय: सबै प्रदेशका थोरै ठाउँमा भारी वर्षा हुनेछ…
-
प्रदेशमा सुशासन कायम गर्छु : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदभार ग्रहण गर्नु भएको छ। प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै उहाँले मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नू भएको हो। पदभार ग्रहणपछि पत्रकारसँग कुराकानी गर्दै मुख्यमन्त्री शाहले आफूले दोस्रो पटक यो प्रदेशको नेतृत्व गर्दै गर्दा प्रदेशवासीलाई निराश बनाउने काम कहिल्यै पनि नगर्ने बताउनुभयो। आफ्नो बुद्धि, विवेकले भ्याएसम्म प्रदेशवासीका लागि काम गर्ने…
-
मंगलबार देशका यी स्थानमा हुने छ वर्षा
काठमाडौं : मंगलबार देशभर साधारणतया बदली रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। मंगलबार राति…
-
कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दोस्रो पटक विश्वासको मत पाएका छन् । उनले संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत पाउँ भनेर प्रदेशसभासमक्ष प्रस्ताव पेस गरेका थिए । ४० सदस्यीय प्रदेशसभामा ३८ जना प्रदेशसभा सदस्यहरू आजको प्रक्रियामा सहभागी थिए । नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही निलम्बन भएका छन् भने राप्रपा…