Category: समाचार
-
झाडापखालाका विरामीलाई हेलिकोप्टरबाट उद्धार
जाजरकोट । जाजरकोटमा एक महिला झाडापखालाले सिकिस्त भएपछि हेलिकोप्टरबाट उद्धार गरेर सुर्खेत लगिएको छ। तीन दिनदेखि झाडापखालाले थलिएकी कुशे गाँउपालिका-४ तम्ती निवासी ५२ वर्षीया जलुका शाहीलाई मंगलवार नेपाली सेनाको हेलिकोप्टरबाट प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो। गत आइतबार पखाला लागेकी शाहीलाई सोमबार स्वास्थ्यचौकी अर्छानी लगिएको थियो। तर, झाडापखाला नरोकिएपछि उनको अवस्था गम्भीर रहेको भन्दै स्वास्थ्यकर्मीले सुविधा सम्पन्न…
-
महिला भलिबल : नेपाललाई हराउँदै भारतकको पोल्टामा उपाधि, इतिहास रच्नबाट चुक्यो नेपाल
काठमाडौं । नेपाल भएको काभा वुमन्स (महिला) नेसन्स लिगको फाइनल खेलमा भारतसँग नेपाल पराजित भएको छ । आज भएको फाइनल खेलमा भारतले नेपाललाई ३–२ को सेटले हराएको हो । काठमाडौंको त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएकोलिगको फाइनल खेल प्रतिस्पर्धात्मक रह्यो । तर नेपाल इतिहास रच्नबाट चुकेको छ । यस प्रतियोगिताको उपाधि भारतले लगेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद…
-
शुक्रवार कर्णाली प्रदेशमा सार्वजनिक बिदा
सुर्खेत । शुक्रवार कर्णाली प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । नाग पञ्चमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएकोआन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिए । यो वर्षको नाग पञ्चमी (श्रावण शुक्ल पञ्चमी) साउन २५ गते परेको छ । उक्त दिन कर्णाली प्रदेशभित्रका सम्पूर्ण सरकारी संघ, संस्थाहरूमा सार्वजनिक बिदा दिइएको हो ।
-
बागलुङ पहिरो : घाइतेलाई अस्पातल पुर्याउनै सकस
बागलुङ । बडिगाड गाउँपालिका वडा नं. ९ र १० मा भएका दुई पहिरोमा घाइते भएका दश अस्पताल पुर्याउन सकस भएको छ । निरन्तरको वर्षा, ठाउँ–ठाउँमा खसेको पहिरो र भौगोलिक विकटताका कारण उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्रसम्म पनि पुर्याउन नसकिएको हो । बडिगाड गाउँपालिकाको समन्वयमा नेपाली सेनाका स्वास्थ्यकर्मीले घटनास्थलमा प्राथमिक उपचार गरेको छ । घाइतेलाई बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य…
-
इपिएस कोरिया : करिब नौ हजार परीक्षार्थी उत्तीर्ण
काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दोस्रो चरणको परीक्षामा आठ हजार ९६५ परीक्षार्थी उत्तीर्ण भएका छन् । सन् २०२४ मा इपिएसमार्फत उत्पादनतर्फको क्षेत्रमा काम गर्न जानका लागि दोस्रो चरणको परीक्षामा ६६ हजार ३२६ जना सहभागी भएकोमा आठ हजार ९६५ जना उत्तीर्ण भएको वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले जानकारी गराएको हो । सो…
-
पुरक परिक्षा लाई मर्यादित बनाउछौँ
जनकपुरधाम । मधेस प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले मधेस प्रदेशमा शिक्षास्तर घट्नुमा हामी स्वयं दोषी रहेको बताएकी छन् । जनकपुरधाममा गुणस्तरीय शिक्षा रणनीतिसम्बन्धी छलफल कार्यक्रममा मन्त्री तिवारीले हामी र यहाँका अभिभावकले नै परीक्षालाई अमर्यादित बनाउने कार्यमा संलग्न रहेकाले हामीले शिक्षा नीतिमा सुधार ल्याई मधेसको शैक्षिक अवस्था र वातावरण सुधार गर्नुपर्ने आवश्यक रहेको बताइन्…
-
आज यि प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित छ। यतिबेला (बुधबार बिहान) देशभरको मौसम साधारणतया बदली छ। कोसी, मधेस, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
-
आजदेखि एसईईको ग्रेड वृद्धि परीक्षा
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आजदेखि एसईई ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्दैछ। माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षामा उत्तीर्ण हुन नसकेकाहरुको सुविधाको लागि बोर्डले बुधबारदेखि ग्रेड वृद्धि परीक्षासञ्चालन गर्न लागेको हो। परीक्षा बिहान ११ बजेदेखि सुरु हुँदैछ। ग्रेड वृद्धि परीक्षामा २ लाख १० हजार परीक्षार्थी सहभागी हुने बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलले जानकारी दिए।परीक्षा सञ्चालनका लागि मुलुकभर ५५० केन्द्र निर्धारण गरिएको छ।
-
भ्रष्टाचार गर्ने जो कोहीलाई कानुनबमोजिम कारबाही गर्छु – ओलि
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने जो कोहीलाई कानुनबमोजिम कारबाही गर्न सरकार दृढ भएकाले कसैको अनुहार हेरेर नरम वा कडा व्यवहार नगर्ने स्पष्ट गरेका छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा भ्रष्टाचार निवारण, ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकको औचित्य स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारप्रतिको आफ्नो शून्य सहनशीलता दोहोर्याउँदै आफूले भ्रष्टाचार नगर्ने…
-
आज र भोलि अति भारी वर्षा, ३४ जिल्लामा रात्रिबस चलाउन रोक
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको उच्च जोखिम क्षेत्रका सडकमा रात्रिबस नचलाउन सचेत गराएको छ । जल तथा मौसम विज्ञान विभागले आज र भोलि भारी वर्षा र अतिभारी वर्षा हुने प्रक्षेपण गरेको जनाउँदै प्राधिकरणले रातको समयमा सडक क्षेत्रमा बाढी र पहिराको आकलन गर्न कठिन हुने भएकाले उच्च जोखिम भएका जिल्लामा…