Author: Arjun Bista

  • पुरक परिक्षा लाई मर्यादित बनाउछौँ

    जनकपुरधाम । मधेस प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले मधेस प्रदेशमा शिक्षास्तर घट्नुमा हामी स्वयं दोषी रहेको बताएकी छन् । जनकपुरधाममा गुणस्तरीय शिक्षा रणनीतिसम्बन्धी छलफल कार्यक्रममा मन्त्री तिवारीले हामी र यहाँका अभिभावकले नै परीक्षालाई अमर्यादित बनाउने कार्यमा संलग्न रहेकाले हामीले शिक्षा नीतिमा सुधार ल्याई मधेसको शैक्षिक अवस्था र वातावरण सुधार गर्नुपर्ने आवश्यक रहेको बताइन्…

  • आज यि प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित छ। यतिबेला (बुधबार बिहान) देशभरको मौसम साधारणतया बदली छ। कोसी, मधेस, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

  • आजदेखि एसईईको ग्रेड वृद्धि परीक्षा

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आजदेखि एसईई ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्दैछ।  माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षामा उत्तीर्ण हुन नसकेकाहरुको सुविधाको लागि बोर्डले बुधबारदेखि ग्रेड वृद्धि परीक्षासञ्चालन गर्न लागेको हो। परीक्षा बिहान ११ बजेदेखि सुरु हुँदैछ।  ग्रेड वृद्धि परीक्षामा २ लाख १० हजार परीक्षार्थी सहभागी हुने बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलले जानकारी दिए।परीक्षा सञ्चालनका लागि मुलुकभर ५५० केन्द्र निर्धारण गरिएको छ।

  • भ्रष्टाचार गर्ने जो कोहीलाई कानुनबमोजिम कारबाही गर्छु – ओलि

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने जो कोहीलाई कानुनबमोजिम कारबाही गर्न सरकार दृढ भएकाले कसैको अनुहार हेरेर नरम वा कडा व्यवहार नगर्ने स्पष्ट गरेका छन्।  प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा भ्रष्टाचार निवारण, ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकको औचित्य स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारप्रतिको आफ्नो शून्य सहनशीलता दोहोर्याउँदै आफूले भ्रष्टाचार नगर्ने…

  • आज र भोलि अति भारी वर्षा, ३४ जिल्लामा रात्रिबस चलाउन रोक

    काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको उच्च जोखिम क्षेत्रका सडकमा रात्रिबस नचलाउन सचेत गराएको छ । जल तथा मौसम विज्ञान विभागले आज र भोलि भारी वर्षा र अतिभारी वर्षा हुने प्रक्षेपण गरेको जनाउँदै प्राधिकरणले रातको समयमा सडक क्षेत्रमा बाढी र पहिराको आकलन गर्न कठिन हुने भएकाले उच्च जोखिम भएका जिल्लामा…

  • मुस्ताङका बगैँचामा फलेका स्याउ

    म्याग्दी । गत वर्षको तुलनामा यो वर्ष मुस्ताङका स्याउ बगैँचामा लटरम्म स्याउ फलेका छन् । अनुकूल मौसम, व्यावसायिक रूपमा बगैँचा व्यवस्थापनलगायत कारणले उत्पादन बढेको जोमसोमस्थित कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत निशान मगरले बताए । ‘क्षेत्रफल विस्तारका साथै अघिल्लो वर्षका तुलनामा यो वर्ष धेरै दाना लागेकाले उत्पादन बढ्ने अनुमान गरेका हौँ,’ उनले भने ‘क्रप कटिङको…

  • धनगढी उपमहानगरले दियो बुधबार तीजको बिदा

    धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ । कैलाली र कञ्चनपुर जिल्लामा बसोबास रहेको आदिवासी रानाथारु जातिका महिलाहरूले मनाइने तीज पर्वको अवसरमा धनगढी उपमहानगरले सार्वजनिक बिदा दिएको हो । उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र बहादुर खातीद्वारा जारी सूचना अनुसार बुधबार सार्वजनिक बिदा दिइएको हो ।

  • आज मन्त्रिपरिषदको बैठक बस्दै

    काठमाडौं । मन्त्रिपरिषदको बैठक बस्दैछ। बैठक दिउँसो ५ बजेका लागि बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। हरेक सोमबार बैठक बस्ने भएपनि हिजो प्रधानमन्त्री काठमाडौं-तराई द्रुतमार्ग निरीक्षणको क्रममा मकवानपुर गएकोले बैठक आजका लागि सारिएको सचिवालयको भनाइ छ।

  • घट्यो सुनको मुल्य

    काठमाडौं । सोमबार कीर्तिमान कायम गरेको सुनको मूल्य आज तोलामा रु दुई हजार तीन सयले घटेको छ। सोमबार प्रतितोला रु एक लाख ५० हजार कायम भई सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। नेपाल सुनचाँदी व्यवसायीमहासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला रु एक लाख ४७ हजार सात सय निर्धारण भएको छ। तेजाबी सुन प्रतितोला रु एक लाख ४७ हजार कायम भएको छ। सोमबार तेजाबी सुन प्रतितोला रु एक लाख ४९ हजार पाँच सयमाकारोबार भएको थियो।

  • खराब मौसमका कारण हवाई उडान प्रभावित

    काठमाडौँ । अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित बन्न पुगेको छ । बाक्लो पानी र हुस्सुका कारण विमानस्थलको भिजिबिलिटी कम हुँदा जहाज उडान तथा अवतरणमा समस्या आएको हो । खराब मौसमकै कारण केही जहाज  अवतरण गर्न नसकेर आकाशमा नै होल्ड भएका छन् भने केही डाइभर्ट समेत भएको उनले जानकारी दिए । यताबाट बिहानै उडान…