महिला भलिबल : नेपाललाई हराउँदै भारतकको पोल्टामा उपाधि, इतिहास रच्नबाट चुक्यो नेपाल

काठमाडौं । नेपाल भएको काभा वुमन्स (महिला) नेसन्स लिगको फाइनल खेलमा भारतसँग नेपाल पराजित भएको छ । आज भएको फाइनल खेलमा भारतले नेपाललाई ३–२ को सेटले हराएको हो ।

काठमाडौंको त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएकोलिगको फाइनल खेल प्रतिस्पर्धात्मक रह्यो । तर नेपाल इतिहास रच्नबाट चुकेको छ । यस प्रतियोगिताको उपाधि भारतले लगेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको फाइनलमा भारतले नेपाललाई ३–२ को सेटमा पराजित गर्यो । खेलको पाँचौ तथा निर्णायक सेट १५–५ को जित निकाल्दै भारतले उपाधि जितेको हो ।

खेलको पहिलो सेट नेपालले जित्यो । करिब ३० मिनेट चलेक उक्त सेट नेपालले २५–२३ ले आफ्नो पक्षमा पार्‍यो । निकै प्रतिस्पर्धात्मक बनेको सेट २१–२३ को स्थितिलाई सुधार्दै नेपालले २३–२३ को बराबरीमा ल्यायो । त्यसपछि नेपालले लगतार दुई अंक बटुल्दै पहिलो सेट जित्न सफल भयो ।

खेलको दोस्रो सेट भने नेपालले गुमायो । करिब २१ मिनेट चलेको सेटमा भारतले नेपालविरुद्ध २५–१४ को जित निकाल्यो ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *