इपिएस कोरिया : करिब नौ हजार परीक्षार्थी उत्तीर्ण

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दोस्रो चरणको परीक्षामा आठ हजार ९६५ परीक्षार्थी उत्तीर्ण भएका छन् । सन् २०२४ मा इपिएसमार्फत उत्पादनतर्फको क्षेत्रमा काम गर्न जानका लागि दोस्रो चरणको परीक्षामा ६६ हजार ३२६ जना सहभागी भएकोमा आठ हजार ९६५ जना उत्तीर्ण भएको वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले जानकारी गराएको हो । सो शाखाका अनुसार गत वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म ७९ हजार ९३७ जनाका लागि लिइएको दोस्रो चरणको भाषा परीक्षामा ६६ हजार ३२६ जना सहभागी 

भएका थिए । दोस्रो चरणको भाषा परीक्षामा सहभागी परीक्षार्थीको नतिजा दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले सोमबार राति सार्वजनिक गरेको छ ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *