धनगढी उपमहानगरले दियो बुधबार तीजको बिदा

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ । कैलाली र कञ्चनपुर जिल्लामा बसोबास रहेको आदिवासी रानाथारु जातिका महिलाहरूले मनाइने तीज पर्वको अवसरमा धनगढी उपमहानगरले सार्वजनिक बिदा दिएको हो ।

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र बहादुर खातीद्वारा जारी सूचना अनुसार बुधबार सार्वजनिक बिदा दिइएको हो ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *