पुरक परिक्षा लाई मर्यादित बनाउछौँ

जनकपुरधाम । मधेस प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले मधेस प्रदेशमा शिक्षास्तर घट्नुमा हामी स्वयं दोषी रहेको बताएकी छन् । जनकपुरधाममा गुणस्तरीय शिक्षा रणनीतिसम्बन्धी छलफल कार्यक्रममा मन्त्री तिवारीले हामी र यहाँका अभिभावकले नै परीक्षालाई अमर्यादित बनाउने कार्यमा संलग्न रहेकाले हामीले शिक्षा नीतिमा सुधार ल्याई मधेसको शैक्षिक अवस्था र वातावरण सुधार गर्नुपर्ने आवश्यक रहेको बताइन् । उनले यही साउन २३ गतेदेखि सुरु हुन लागेको एसइइको पूरक (गे्रडवृद्धि) परीक्षालाई मर्यादित बनाइने बताइन् ।

साउन ३१ गतेसम्म सञ्चालन हुने ग्रेडवृद्धि परीक्षा गराउने जिम्मा संघीय सरकारले प्रदेश सरकारहरूलाई दिएको स्मरण गर्दै उनले पूरक परीक्षालाई मर्यादित बनाउनेतर्फ आफू लाग्ने बताइन् । मधेस प्रदेश सरकारले समग्र बजेट विनियोजनको ५ प्रतिशत मात्रै शिक्षाका लागि विनियोजन गरिएको भए पनि यही बजेटभित्र रहेर मधेसको शैक्षिक अवस्थालाई सुधार गर्नका लागि आफू लागि पर्ने बताइन् । उनले शिक्षा क्षेत्रमा बेथिति व्याप्त रहेको भन्दै शिक्षा क्षेत्र सुधारका लागि संघ र स्थानीय सरकारसँग समन्वय गरेर अघि बढ्न प्रदेश सरकार तयार रहेको बताइन् ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *