काठमाडौं । नेपालले काठमाडौँमा राजदूतावास स्थापना गर्न ओमानसँग आग्रह गरेको छ। परराष्ट्रसचिव सेवा लम्सालले बुधबार ओमानका उच्च अधिकारीहरूसँग मस्कटमा भएको भेटमा त्यस्तो आग्रह गरेकी हुन्।
नेपाल–ओमान द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठकमा परराष्ट्र सचिव लम्सालले पारस्परिक हितका क्षेत्रमा सहकार्य गर्न आवश्यक भएको धारणा राखिन्।
मस्कटस्थित नेपाली राजदूतावासका अनुसार बैठकमा नेपाल(ओमान सम्बन्धका सबै पक्षमा छलफल भएको थियो।
Leave a Reply